images
images
  • साफ च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै, सहज अवस्थामा नेपाल, जित्नै पर्ने दबाबमा भारत

    काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतको सामना गर्दैछ । प्रतियोगिताको सुरुवाती दुई खेलमा जित निकालेको नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ ।

    नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राती पौने १० बजे सुरु हुनेछ । नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक माल्दिभ्सलाई हराएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो । उता भारत भने जारी प्रतियोगितामा संघर्ष गरिरहेको छ ।

    उसले बंगलादेश र श्रीलंकासँग बराबरी खेलेको छ । दुई खेलबाट ६ अंक जोडेको नेपाल समुहको शिर्ष स्थानमा रहेको छ ।

    ४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा रहँदा ३ अंकसहित माल्दिभ्स तेस्रो तथा २ अंक जोडेको भारत चौथो स्थानमा छ । आजको पहिलो खेलमा साविक विजेता माल्दिभ्सले श्रीलंकाको सामना गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images