images
images
  • इजरायल जानेको अन्तिम नतिजा सोमबार सार्वजनिक हुने , चिठ्ठामार्फत कामदार छनोट

    काठमाडौं । सुसारे कामका लागि इजरायल जान भाषा परीक्षा उत्तीर्णहरुको अन्तिम नतिजा आउँदो सोमबार सार्वजनिक हुने भएको छ ।

    वैदेशिक रोजगार विभागले लिएको अन्तर्वार्ताबाट छनोट भई इजरायल सरकारका तर्फबाट छनोटको प्रतीक्षामा रहेकाहरूको नतिजा सोमबार सार्वजनिक हुने भएको हो ।

    नेपाली समयअनुसार सोमबार दिउँसो साढे १२ बजे इजरायलको जेरुसेलममा सम्बन्धित निकायका प्रमुखहरूको उपस्थितिमा लट्री (चिठ्ठा) मार्फत श्रमिकको छनोट गर्ने कार्यक्रम छ ।

    इजरायल जान एक हजार ६ सयले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । त्यसमध्येबाट एक हजारले मात्रै इजरायल जान पाउने विभागले जानकारी दिएको छ । इजरायलमा हुने लट्रीको नेपालस्थित इजरायली दूतावासको फेसबुक पेज ‘इजरायल इन नेपाल’ मार्फत नतिजा प्रत्यक्ष हेर्न सकिने दूतावासले जनाएको छ ।

    विभागले लिएको अन्तर्वाताबाट १,१२० महिला र ४८० पुरुष छनोट भएका थिए । उत्तीर्णको यो सूची विभागले १० असोजमा नेपालस्थित इजरायली दूतावासमा पठाएको थियो । इजरायल जाने कामदारले डेढ लाख भन्दा धेरै रकम खर्चिनु पर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images