images
images
  • प्रधानन्यायाधीश राणाका जेठान हमाल देउवा सरकारका आपूर्तिमन्त्री नियुक्त

    काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले झन्डै तीन महिनापछि मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार दुई राज्यमन्त्रीसहित १८ मन्त्री नियुक्त भएका छन्।

    तीमध्ये १७ जना संघीय संसदका सदस्य हुन् भने एक जना सांसद नभएका व्यक्ति मन्त्री बनेका छन्। सांसद नरहेका गजेन्द्र हमाललाई प्रधानमन्त्री देउवा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा दिएका छन्।

    हमाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान हुन्। उनी प्रधानन्याधीशको कोटामा मन्त्री बन्न लागेको चर्चा केही दिनदेखि चलेको थियो। नेपाली कांग्रेसभित्र सांसद रहेका अरू थुप्रै आकांक्षी भए पनि देउवाले हमाललाई नै मन्त्री बनाएका हुन्।

    संविधानको व्यवस्थाअनुसार सांसद नरहेको व्यक्ति छ महिनासम्म मन्त्री हुन पाउँछ। हमाल परिवार बाँकेबाट कांग्रेसको राजनीतिमा सक्रिय छ। गजेन्द्र २०५३ देखि ५६ सालसम्म बाँके जिल्ला कांग्रेस सभापति थिए। उनका भाइ सुरेन्द्र हमाल पनि लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images