शाहरुख खानको छोरा आर्यन खान अहिले मुश्किल हालतको सामना गरिरहेका छन् । आर्यन क्रुज शिपमा ड्रग्स पाटी गरेको आरोपमा शनिवार २ अक्टुबरदेखि एनसीबीको कस्टडीमा छन् । आर्यनको ड्रग्स मामिलामा फसेपछि उनलाई बलिउडको पूरा सपोर्ट मिलेको छ । अब ऋतिक रोशन उनको सपोर्टमा अगाडि आएका छन् र उनको लागि एउटा स्पेशल नोट लेखेका छन् ।
ऋतिक रोशनले आफ्नो इंस्टाग्राम अकाउण्टमा आर्यनको फोटो शेयर गर्दै उनलाई आफ्नो सपोर्ट दिएका छन् । ऋतिकले आफ्नो पोस्टमा लेखेका छन्, “मेरो प्रिय आर्यन, जिन्दगी एक अचम्मको यात्रा हो । यो निकै राम्रो पनि छ किनकी यहाँ सबै अनिश्चित छ । भगवान दयालु छन् । उनले सबभन्दा टफ मानिसहरुलाई नै सबै टफ चीज दिन्छन् । तिमीलाई थाहा छ कि तिमीलाई तब चुनिन्छ जब तिमी मुश्किल अवस्थाको बीच आफूलाई संभाल्नको प्रेशर महशुस गर्न सकदछौं ।”
ऋतिकले अगाडि लेखेका छन्, “मलाई थाहा छ तिमीले यसलाई अब महशुस गरिसक्यौ होला । रिस, कन्फ्युजन, लाचारी । यी तिम्रो भित्रको हिरोलाई बाहिर निकाल्नको लागि जरुरी चीज हो । तर सावधान होउ, किनकी यही सबै राम्रा कुराहरु जस्तो काइन्डनेस, कंपैशन र लवलाई पनि नष्ट गर्न सक्दछ ।”
एक्टरल यो पनि लेखेका छन्, “गल्ती, फेलियर, जीत सक्सेस…यी सबै कुरा एक जस्तो नै हो यदि तिमीलाई थाहा छ कि तिमीलाई आफ्ना साथ कुन चीज राख्नुपर्दछ र आफ्नो अनुभवबाट कुनलाई बाहिर फ्याक्नुपर्दछ ।”
“तर थाहा पाई राख तिमी यी सबैको साथ राम्रो तरिकाले ग्रो हुन सक्दछौ । मैले तिमीलाई एउटा बच्चाको रुपमा जान्दछु । मैले तिमीलाई एउटा मैनको रुपमा जान्दछु । यसलाई अपनाउ । ती प्रत्येक चीजलाई अपनाउ जसलाई तिमी अनुभव गर्दछौं । यी तिम्रो लागि उपहारहरु हुन् । ”


विश्व खबर 



















