काठमाडौं – नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियूले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर जनगणनामा गर्न माग गरेको छ ।
अध्यक्ष सुनिता बरालद्धारा हस्ताक्षरीत एक विज्ञप्तिमार्फत केपी शार्मा ओली नेतृत्वको सरकारले ती क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको भए पनि अहिलेको सरकारले ती ठाउँमा अहिलेसम्म गणकहरू नपठाएकोप्रति गम्भीर आपत्ति जनाएको छ ।
‘सन् १८१६ मार्च ४ मा ब्रिटिश, भारत र नेपालबीच भएको सुगौली सन्धि र अन्य महत्वपूर्ण ऐतिहासिक दस्ताबेजहरूले समेत उक्त क्षेत्र नेपालको भएको पुनर्पुष्टी गर्दा समेत यो परमादेशी सरकारले उक्त क्षेत्रको जनगणनाका विषयमा गाम्भिर्यता नदेखाउँदा सरकारको नियतमाथि नै प्रश्न उठेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा तत्काल सुपरिवेक्षक र गणकहरू पठाउँदै हाम्रो नेपाली भू-भागमा जनगणना कार्य तत्काल अगाडि बढाउन हामी जोडदार माग गर्दछौं ।’
अनेरास्ववियूले नेपालीहरुको महान चाड दशैं, तिहार र छँठ जस्ता ठुला पर्वको सम्मुखमा हुने दैनिक उपभोग्य बस्तुको कालोबजारी निर्मुल गर्न, नियन्त्रण गर्न, अनुगमन गर्न र तत्काल संयन्त्र बनाई कालोबजारी गर्नेहरुलाई कारवाहीको माग गरको छ।
विज्ञप्तिमा भनिएको छ ‘सरकार जनताको अविभावक हो । तर, वर्तमान परमादेशी सरकार जनजिविकाको बिषयमा एकरत्ती पनि गम्भिर नभएको देखिन्छ । हामी सम्पूर्ण नेपालीहरु दशैं, तिहार र छँठ जस्ता ठुला पर्वको सम्मुखमा छौं, तर बजारमा कालो बजारी बढ्दो छ, बसपार्कमा टिकटको कालोबजारी खुलम्खुल्ला छ । तर परमादेशी सरकारले पूँजीपतीको पक्षपोषण गर्दै यस्ता क्रियाकलापहरु नियन्त्रणमा ध्यान दिएको छैन । यस्ता दैनिक उपभोग्य बस्तुको कालोबजारी निर्मुल गर्न, नियन्त्रण गर्न, अनुगमन गर्न र तत्काल संयन्त्र बनाई कालोबजारी गर्नेहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दर्छौं ।’
यस्तै, सरकारले गरेको ३५ प्रतिशतले भाडा वृद्धि प्रति आपत्ति जनाउदै विगतमा आफ्नो संघर्षबाट प्राप्त उपलब्धी यातायात र सार्वजनिक क्षेत्रमा बिद्यार्थीलाई प्रदान गरिएको ४५ प्रतिशत छुट पूर्ण कार्यान्वयन गर्न र अन्य यात्रुहरुलाई सहज ढंगले टिकट उपलब्ध अनेरास्ववियुले माग गरेको छ ।
अन्यथा, अनेरास्ववियु कडा कदम चाल्न बाध्य हुने बिज्ञप्तीमा उल्लेख छ ।


विश्व खबर 



















