images
images
  • कपिलवस्तुमा दशैंको मुखमा झाडापखालाको प्रकोप : दुईको मृत्यु, दुई सय बढी बिरामी

    कानठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका तीन वटा वडामा दशैंको मुखमा फैलिएको झाडापखालाले सयौं बिरामी परेका छन् । वडा ७, ८ र ९ मा गरी दुई सय बढी बिरामी परेका छन् ।

    बहादुरगञ्जमा रहेको शिवराज अस्पतालमा अहिले ९६ जना बिरामीको उपचार भइरहेको छ । गम्भीर बिरामीमध्ये २० जनालाई थप उपचारका लागि जिल्ला अस्पताल तौलिहवा र प्रादेशिक अस्पताल लुम्बिनी रिफर गरिएको छ । १३ जनालाई जिल्ला अस्पताल तौलिहवामा र सात जनालाई लुम्बिनीमा रिफर गरिएको शिवराज अस्पतालका डा। मुकेश चौधरीले जानकारी दिए ।

    बिरामीको उपचारका लागि बेड अभाव भएको छ । अहिले कतिपय बिरामीको गाउँका निजी क्लिनिकमा उपचार भइरहेको छ । एउटै बेडमा दुई(तीन जना बिरामीलाई राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको डा। चौधरीले जानकारी दिए । शिवराज अस्पताल छेउमै रहेको स्कुलको कोठा तथा टेन्टमा समेत बेडको व्यवस्था गरिएको छ ।

    झाडापखाला कसरी फैलियो भन्नेबारेमा अध्ययन भइरहेको र अहिलेसम्म रिपोर्ट प्राप्त नभएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

    झाडापखालाका कारण कृष्णनगर–९ का पाँच वर्षका राज कश्यप र कृष्णनगर–८ का ४० वर्षका रामप्रसाद केबटको भने ज्यान गएको छ । उनीहरूको घरमै ज्यान गएको सूचना आएको शिवराज अस्पतालका डा। मुकेश चौधरीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images