images
images
  • पूर्वराजदूत लीलामणि पौड्याल मा‌ओवादीको विदेश विभागमा

    काठमाडौं- पूर्वमुख्य सचिव तथा चीनका लागि पूर्वनेपालीराजदूत लीलामणि पौड्याल नेकपा (माओवादी केन्द्र) को विदेश विभाग सदस्य बनेका छन् ।

    माओवादी केन्द्रले सुरेन्द्र कार्कीको अध्यक्षमा गठन गरेको ३१ सदस्यीय विदेश मामिला विभागमा पूर्वराजदूत पौड्याल, डा. महेश मास्केसहित विभिन्न देशका पूर्वराजदूतहरु सदस्य रहेका छन्। विभागको उपप्रमुखमा सुरेश आले मगर रहेका छन् ।

    माओवादीले पूर्व राजदूतहरु ऋषिराम अधिकारी, युवनाथ लम्साल, राममणि पोखरेल, लक्की शेर्पा, पदम सुन्दास, महेन्द्र सिंहसहितका कूटनीतिज्ञलाई पार्टीको विदेश विभागमा समेटेको छ । विभागको उपप्रमुखमा सुरेश आले मगर रहेका छन् ।

    सदस्यहरुमा जोखबहादुर महरा, ओम शर्मा, विमल अधिकारी, रुपक सापकोटा, प्रमोद जैसवाल, सुनिल पौडेल, अमन श्रेष्ठ, प्रदीप परियार, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला, टिवी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली, बाबुलाल पुन, श्यामकुमार श्रेष्ठ रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images