images
images
  • ‘माओवादी केन्द्र’ मा पौड्यालसहित आठ जना पूर्वराजदूतको ‘इन्ट्री’

    काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले पूर्वराजदूतहरूलाई समेटेर पार्टीको विदेश मामिला विभाग गठन गरेको छ । नेता सुरेन्द्र कार्कीको संयोजकत्वमा बनेको ३१ सदस्यीय विभागमा आठ जना पूर्वराजदूत अटाएका छन् ।

    चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसहित पूर्वराजदूतहरू डा. महेश मास्के, पदम सुन्दास, महेन्द्र सिंह, ऋषिराम अधिकारी, लक्की शेर्पा, युवनाथ लम्साल र राममणि पोखरेल विभागमा परेका छन् ।

    माओवादी केन्द्रका अनुसार विभागमा जोखबहादुर महरा, ओम शर्मा, विमल अधिकारी, रूपक सापकोटा, प्रमोद जैसवाल, सुनिल पौडेल, अमन श्रेष्ठ, प्रदीप परियार, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला, टीबी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली, बाबुलाल पुन र श्यामकुमार श्रेष्ठ सदस्य छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images