images
images
  • देशभरको मौसम बदलीः यी चार प्रदेशमा छ मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौं । आज देशभरको मौसम बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ ।

    अन्य प्रदेशमा पनि आंशिक बदली रहेको विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

    विभागले आगामी तीन दिनको मौसम विश्लेषण गर्दै जारी गरेको बुलेटिनअनुसार आज रातिसम्म देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    भोलि ९बुधबार० पनि देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

    पर्सी ९बिहिबार० भने देशका थोरै स्थानमा मात्र मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
    उक्त स्थानका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    भारतको विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले यति बेला नेपालमा मौसममा आंशिकदेखि सामान्य बदली भएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images