images
images
  • भागवण्डाको राजनीति न्यायपालिकामा ल्याए स्वीकार्य हुँदैन : सर्वोच्च बार

    काठमाडौं – सर्वोच्च अदालत बार एशोसिएसनले न्यायालयमा भागवण्डाको राजनीति स्वीकार्य नहुने चेतावनी दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिमण्डलमा भाग मागेको समाचारहरु आएका बेला सर्वोच्च बारले यो स्वीकार्य नहुने चेतावनी दिएको हो ।

    प्रधानन्यायाधीश जबरासँग आज विहान पदाधिकारीसहित भेटपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले राजनीतिक भागवण्डामा न्यायपालिकालाई प्रभाव पार्ने, दूषित बनाउने कार्य स्वीकार्य नहुने बताए । प्रधानन्यायाधीशले कुनै भागवण्डाको सहमति नभएको र आफ्नो सरोकार पनि नभएको प्रष्टिकरण दिएको जानकारी दिँदै शाक्यले दलहरुले पनि भागवण्डाको राजनीति न्यायालयमा ल्याउन नहुने बताए ।

    न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षतालाई जोगाएर राख्ने सबैको कर्तव्य हो । राजनीतिक दल, नेता सरकार र कुनै पनि अंगहरु यो कुरामा चुक्नु हुँदैन । यो कुराप्रति सचेत हुनुपर्छ, उनले भने ।

    यदि कुनै पनि दल वा सरकार वा विपक्षी पार्टीले न्यायपालिकालाई प्रभाव पार्ने प्रयास पनि गरेमा त्यसको विरोध गर्ने उनले बताए । यो भागवण्डाको राजनीति न्यायपालिकामा ल्याएर दुषित गर्न हुँदैन भन्ने हाम्रो मान्यता रहेको छ । कुनै प्रयास भयो भने हामीले घोर विरोध गर्छौं र हामीलाई स्वीकार्य हुँदैन, उनले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images