images
images
  • पूर्वयुवराज्ञी हिमानीको जन्मदिनमा पारसलाई प्रवेश अनुमति: खुवाइन् केक, के अब सम्बन्धमा आउला त सुधार ?

    काठमाडौं । निर्मल निवासमा पूर्वयुवराज पारस शाह दम्पत्ती साथ–साथ भएको तस्बिर सार्वजनिक भएको छ। पूर्वयुवराज्ञी हिमानी शाहको ४५ औं जन्मोत्सवका अवसरमा पारस शुभकामना दिन पुगेका थिए।

    दशकयता बिग्रिएको दम्पत्तीको सम्बन्धमा सुधार आएको बुझिएको छ। स्रोतका अनुसार हिमानी निर्मल निवासमा हुँदा पारसलाई प्रवेश निषेध थियो। तर जन्मोत्सवका क्रममा परिवारका सदस्यसँगै पारस पनि देखा परेका हुन्।

    हिमानीले पूर्वराजारानी ज्ञानेन्द्र शाह र कोमलसँगै छोरा हृदयेन्द्र र पति पारससँग जन्मोत्सव मनाएकी थिइन्। उनले केक काटेर जन्मोत्सव मनाएकी थिइन्।

    उक्त अवसरमा हिमानीले पारसलाई केक खुवाएकी थिइन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images