images
images
  • जनकपुर बमकाण्डः सञ्जय साहलाई जन्मकैद गर्ने जिल्ला अदालतको फैसला उच्च अदालतले उल्ट्यायो

    काठमाडौं । जनकपुर बम काण्डका मुख्य योजनाकार भएको अभियोगमा जिल्ला अदालत धनुषाले जन्मकैदको सजाय सुनाएको संजय साह (टकला)को फैसला उच्च अदालत जनकपुरले उल्ट्याएको छ।उच्च अदालत जनकपुरले जिल्ला अदालतले गरेको जन्मकैदको फैसला कम गर्दै साहलाई ७ वर्ष मात्रै सजाय हुने फैसला गरेको हो।

    जिल्ला अदालतको फैसलाविरुद्ध अभियुक्त साहले उच्च अदालत जनकपुरमा गरेको रिटमाथि सुनुवाई सुरु गर्दै आइतबार साँझ न्यायाधीशद्वय धीर बहादुर चन्द र मेश ढकालको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो।सहमाथि ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दा चलेको छ। जसमा ज्यान मार्ने उद्योगमा जिल्ला अदालतले गरेको जन्मकैदको फैसला उल्ट्याउँदै ७ वर्ष मात्रै सजाय हुने फैसला भएको उच्च अदालत जनकपुरका रजिष्टार खडकराज अधिकारीले जानकारी दिए।

    उनका अनुसार साहमाथि रहेको अर्को मुद्दा कर्तव्य ज्यानमा षडयन्त्र गरेर घटना गराएको अभियोगमा कसुरदार ठहर गरिएको छ। यद्यपी सो मुद्दामा सजाय निर्धारण गरिएको छैन। यो मुद्दामा अगामी कातिक १५ गते बहस हुने रजिष्टार अधिकारीले बताए।

    २०६९ साल वैशाख १८ गते मिथिला राज्यको मागगर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका नागरिकलाई लक्षित गरी शक्तिशाली बम विष्फोट गराइएको थियो। घटनामा ५ जनाको ज्यान गएको थियो भने ३३ जना घाइते भएका थिए।  बम विस्फोटमा परेर ५ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएको थियो।

    विस्फोटमा परी जनकपुर नगरपालिका–१० बस्ने झगरुलाल दास कथबनिया, जनकपुर ८ बस्ने विमल शरण, महोत्तरी बथनाहा ९ तथा हाल जनकपुर बस्ने रञ्जुदेवी झा, जनकपुर ८ बस्ने सुरेश उपाध्याय र दीपेन्द्र दास गरी कुल पाँच जनाको मृत्यु भएको थियो। विस्फोटनमा परेर ३२ जना घाइते भएका थिए।

    २०७५ चैतमा पूर्व सांसद तथा राज्यमन्त्रीसमेत रहेका साहलाई घटनाको मुख्य योजनाकार भन्दै जन्मकैदको सजाय सुनाइएको थियो।  बम बिस्फोट घटनाको मुख्य योजनाकार भएको अभियोगमा जिल्ला अदालत धनुषाले पूर्व सांसद ९टकला०लाई जन्मकैदको सजाय सुनाएको थियो। जिल्ला अदालतकै फैसलाअनुसार साह हाल काठमाडौंको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन्।

    अभियुक्त साहलाई जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानिया हत्यामा पनि धनुषा जिल्ला अदालतले जन्मकैद सजायको फैसला सुनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images