images
images
  • कांग्रेस जिल्ला अधिवेशन : पौडेल पक्षका ४ र देउवा पक्षका ३ सभापति विजयी

    काठमाडाैं-  नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सात जिल्लाको परिणाम सार्वजनिक भएको छ । सोमबार बिहानसम्मको जिल्ला अधिवेशनको नतिजा अनुसार सस्थापन अर्थात सभापति शेरबहादुर देउवानिकट तीनजना सभापति विजयी भएका छन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट चारजना जिल्ला सभापति विजयी भएका छन् । संस्थापन पक्षले मनाङ, हुम्ला र ताप्लेजुङको सभापति जितेको छ । पौडेल पक्षले मुस्ताङ, रुकुम पूर्व, कालीकोट र संखुवासभामा सभापति जितेको छ ।

    संखुवासभामा पौडेल पक्षका दीपक खड्काले देउवा पक्षका राइमान राईलाई भारी मतान्तरले पराजित गरेका छन् । संखुवासभामा कुल खसेको एक हजार ३४९ मतमा खड्काले एक हजार १८९ र राईले ११० मत मात्रै प्राप्त गरे ।

    दोलखामा पौडेल पक्षका बर्मा लामा पहिलो र कृष्ण सिटौला पक्षका तारा खड्का दोस्रो हुँदा देउवा पक्षका रुद्रबहादुर खड्का तेस्रो भएका छन् । दोलखामा सभापति चयनका लागि लामा र खड्काबीच आज १२ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

    देउवा पक्ष :
    मनाङ– शंकर गुरुङ
    हुम्ला–मोहनविक्रम सिंह
    ताप्लेजुङ–गजेन्द्रप्रसाद तुम्याहाङ
    पौडेल पक्ष :
    मुस्ताङ– रोमी गौचन थकाली
    रुकुम पूर्व– केशरमान रोका
    कालीकोट– अम्मबहादुर शाही
    संखुवासभा– दीपक खड्का

    प्रतिक्रिया दिनुहोस्
    images
    images