images
images
  • १५ बुँदे घोषणापत्र जारी गर्दै सकियो एमाले विधान महाधिवेशन, १०औँ महाधिवेशन बुटवलमा

    काठमाडौं – एमाले प्रथम विधान महाधिवेशन १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । गत शुक्रबारदेखि चलेको विधान महाधिवेशनले जारी गरेको घोषणापत्रमा लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि भोगचलनमा ल्याउने गरी कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह गरेको छ ।

    स्थानीय तहको निर्वाचनको तयारी थाल्न सरकारलाई आग्रह गरेको एमालेले पार्टी फुटाउने अध्यादेश ल्याएको भन्दै क्षोभ प्रकट गरेको छ । समसामयिक राजनीतिक प्रस्ताव मस्यौदा समितिका सदस्य रघुजी पन्तले पेस गरेको १५ बुँदे घोषणापत्र पारित गरेको हो ।

    यस्तै एमालेको १०औँ महाधिवेशन बुटवलमा हुने भएको छ । प्रथम विधान महाधिवेशन समापन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेका हुन् । केही कुराले असर नगरेमा १०औँ महाधिवेशन बुटवलमा गर्नेछौँ’, अध्यक्ष ओलीले भने ।

    समृद्ध नेपाल बनाउने अभियान एमालेकै
    अध्यक्षओलीले समृद्ध नेपाल निर्माणको अभिभारा एमालेको काँधमा रहेकाले आफ्नो पार्टीले फेरि पनि विजय हासिल गर्ने बताएको छ । ओलीले प्रतिवेदनमा उठेका विषयबारे स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री ओलीले देश बनाउने जिम्मेवारी हाम्रो भएकाले देश बिग्रिएमा एमालेले अरुलाई दोष दिएर उम्कन नपाउने जना ए । उनले भ्रममा परेर पार्टीबाट बाहिर गएकाहरूलाई फर्काउन पहल गर्न निर्देशन दिए ।

    उनले जनताको बहुदलीय जनवादको जगमा यसलाई परिष्कृत तथा राष्ट्यि पुँजीको विकास गर्दै गर्दै समाजवादोन्मुख राज्य निमार्णका लागि एमाले सदैव प्रतिबद्ध हुनुपर्ने बताए । उनले आम कार्यकर्ता र जनताले दिएको आफू प्रतिको विश्वासलाई कत्ति पनि कुठराघात गर्न नदिने सङ्कल्प गरे । अध्यक्ष ओलीले अबको निर्वाचनमा पार्टीलाई कुनै मधुकैटबले हल्लाउन नसक्ने गरी बहुमत ल्याउने गरी पार्टीलाई स्थापित गर्ने वाचा गरे ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images