images
images
  • दक्षिणका चर्चित जोडी सामन्था र चैतन्यले गरे डिभोर्सको घोषणा

    फिल्मी दुनियाँमा सम्बन्ध गाँसिनु र तोडिनु सामान्य भैसकेको छ । बलिउडमा आमिर खान र उनको श्रीमती किरण राव बीच केही समय अघि डिभोर्स भएको थियो । अहिले आएर तेलुगू र तमिल फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यले डिभोर्सको घोषणा गरेका छन्।

    उनीहरुको विवाह लामो समयको प्रेमपछि भएको थियो । उनीहरूले विवाहको ४ वर्षपछि सम्बन्धविच्छेदको घोषणा गरेका हुन् । शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै समन्था केही दिनमै सम्बन्धविच्छेद गर्ने घोषणा गरेकी हुन् । उनले शनिबार पोस्ट गर्दै भनेकी छन्,‘हामी चाँडै नै अलग हुँदैछौं। मैले धेरै सोच विचार गरेर नै आफ्नो बाटो लाग्नको लागि पति र पत्नीको रूपमा अलग हुने फैसला गरेको छु। हामी भाग्यशाली छौं कि एक दशकको मित्रता नै हाम्रो सम्बन्धको मूल थियो। हामीलाई विश्वास छ हामीबीच एक विशेष सम्बन्ध रहनेछ ।’

    सामन्थाले थपिन्,‘हामी शुभचिन्तक, प्रशंसक र मिडियालाई हाम्रो यो कठिन समयमा साथ र सहयोग गर्न अनुरोध गर्न चाहन्छौं ।ु ‘यो दम्पतीको सम्बन्ध बचाउन दुवैतिरको परिवारले धेरै प्रयास गरे, तर सबै असफल भयो,’ तेलुगू फिल्म क्षेत्रका स्रोतले भनेका छन्, ‘सामन्थासँगै बसेको घर छोडेर नागा आफ्नो बुबाआमासँग बस्न गएका छन् ।’ ‘द फ्यामली म्यान’ले पाएको सफलतासँगै सामन्थाको अभिनयलाई लिएर धेरै प्रशंसा भएको थियो ।

    नागा चैतन्य प्रसिद्ध तमिल हिरो नागार्जुनका छोरा हुन् । बलिउडबाट पाएको मायापछि उनी आफ्नो अभिनय करियर अझै अगाडि बढाउन चाहन्छिन् । यता नागा चैतन्यले पनि आमिर खानको नयाँ फिल्म ‘लाल सिंह चड्डा’बाट बलिउडमा प्रवेश गरेका छन् । योसँगै उनको बालबच्चा जन्माएर परिवार ठूलो बनाउने चाहना छ । यही फरक चाहनाको कारण सामन्था र नागाबिच मनमुटाव भएको उनीहरुको भित्री स्रोतले जनाएको छ । सामन्था र नागाको पहिलो भेट सन् २००९मा रिलिज भएको फिल्म ‘ये माया चेसावे’को सेटमा भएको थियो। त्योबेलादेखि नै उनीहरूको सम्बन्ध राम्रो थियो र दर्शकहरूले पनि यो जोडीलाई मन पराएका थिए ।

    बलिउडमा साथै दक्षिणमा पनि विवाह पश्चात पनि उनीहरुसँगै खेलेका हिरोइनहरुसँग हिरोको नाम जोडिनु र त्यसले उनीहरुको परिवारमा तिक्तता ल्याउने सामान्य जस्तै भएको छ । उनीहरूबीच राम्रो बुझाइ भए पनि उनीहरू सम्बन्धमा भने बसेनन् । त्यो समय नागा अभिनेत्री श्रुती हसनसँग प्रेम सम्बन्धमा थिए। सामन्था पनि सिद्धार्थकी प्रेमिका थिइन् । तर सन् २०१३ तिर नागा र श्रुतीको ब्रेकअप भयो, सामन्था र सिद्धार्थ पनि एकअर्काबाट टाढा भए। ब्रेकअपपछि सामन्था र नागा केहीसमय एकअर्कासँग प्रेम सम्बन्धमा रहे । उनीहरूले सन् २०१७ मा वैवाहिक सम्बन्ध गाँसेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images