काठमाडौं – नेकपा एमालेको विधान संशोधन प्रस्ताव पारित भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनले विधान संशोधन प्रस्ताव पारित गरेको हो ।
विधान संशोधनका लागि उपमहहासचिव विष्णु पौडेलले शुक्रवार संशोधन प्रस्ताव पेस गरेका थिए । १० समूहमा समूहगत छलफल भई आएका सुझावहरु समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिइएको थियो । आइतबार उक्त प्रस्ताव पारित भएको हो ।
पारित भएको विधानमा चुनाव चिन्ह सूर्यभित्र हँसिया हथौडा राखिएको छ । त्यस्तै महानगरमा १०१, उपमहागरमा ८५ र नगर तथा गाउँपालिकामा ७५ जना रहने व्यवस्था गरिएको छ ।
यस्तो सर्वसम्मतबाट पारित एमालेको विधानमा ब्यबस्था
स्थायी कमिटी-४५
पदाधिकारी- जम्मा १५
अध्यक्ष -१
वरिष्ठ उपाध्यक्ष -१
उपाध्यक्ष -४
महासचिव -१
उपमहासचिब-१
सचिब -७
प्रदेश कमिटी -५०
एक निर्वाचन क्षेत्र बराबर थप- ५
जिल्ला कमिटी -५०(१ निर्वाचन क्षेत्र = थप १५)
पालिका कमिटी-५०(१ वडा = थप ५)
टोल कमिटी-३१
उपत्यकामा विशेष प्रदेश कमिटिको ब्यबस्था


विश्व खबर 


















