मोरङमा दुर्घटना : दुईको मृत्यु, तीनजना घाइते

मोरङमा दुर्घटना : दुईको मृत्यु, तीनजना  घाइते

विश्व खबर

@BishwoKhabar

२०७८ जेठ ६ गते बिहिबार ०७:०१

काठमाडौँ । मोरङको पथरीमा भएको स्कर्पियो दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना २ ख ९४७३ नम्बरको मालवाहक सवारीसाधनले सोही दिशाबाट आएको मे १ च १८५१ नम्बरको स्कर्पियोलाई...


काठमाडौँ । मोरङको पथरीमा भएको स्कर्पियो दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना २ ख ९४७३ नम्बरको मालवाहक सवारीसाधनले सोही दिशाबाट आएको मे १ च १८५१ नम्बरको स्कर्पियोलाई ठक्कर दिँदा भएको दुर्घटनामा मोरङको रंगेली नगरपालिका-३ रन्जनीका ७६ वर्षीया विष्णुमाया सिवाकोटी र झापाको झापा गाउँपालिका ६ शरणमतीका ६० वर्षीय लक्ष्मी भन्ने लीलानाथ पौडेल मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

दुर्घटनामा परी झापा बिर्तामोड नगरपालिका-२ चार पानेका ३३ वर्षीय विकास उप्रेती, सोही ठाउँका ४५ वर्षीया विनिता पौडेल र हल्दीबारी गाउँपालिका-५ का २५ वर्षीय रोशन उप्रेती घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेको विराटनगरस्थित गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ। उनीहरू बिरामी भेट्नका लागि विराटनगरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको बताइएको छ।

प्रकाशित मिति २०७८ जेठ ६ गते बिहिबार ०७:०१
प्रतिक्रिया दिनुहोस
  • ADBL

  • ncell

  • ninm

  • nic asia