images
images
  • बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा, आज यी प्रदेशमा छ धेरै भारी वर्षाको सम्भावना

    काठमाडौं । भारतको बिहार तथा आसपासतिर रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ। जसकारण आइतबार बिहान प्रदेश १, २ तथा बाग्मती प्रदेशमा बदली छ। प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षा भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो मुलुकका धेरै स्थानमा वर्षा भइरहेको छ । प्रदेश १, २ र बागमतीका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

    राति प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।

    सोमबार मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ, जसमा प्रदेश १ का एकरदुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images