images
images
  • नेपाल-चीन सम्बन्धबारे चर्चा

    काठमाडौं- सामन्तबादी चिन्तनकै कारण नेपाली समाज पछाडि परेको लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बताएका छन् । चीनको ७२औँ राष्ट्रिय दिवसको अवसरमा नेपाल चीन मैत्री समाज लुम्बिनीले आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले देश बनाउनेभन्दा पनि सत्तामा कसरी पुग्ने भन्ने प्रवृतिले देश पछाडि परेको धारणा व्यक्त गरे ।

    प्रदेश प्रमुख शेरचनले चिनियाँ सहयोगमा स्थापित उद्योगले नेपालको आर्थिक विकासमा सहयोग पुगेको पनि बताए । सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा हृदयरत्न बज्राचार्यले चिनसँगको छिमेकिपन र सम्बन्ध अन्योन्याश्रीत रहिरहने बताए ।

    कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तयय, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा तिलकराम आचार्य र अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्रिले नेपाल चिन बीचको सम्बन्धबारे चर्चा गरे । कार्यक्रमपछि ३०० विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । संस्थाका महासचिव मनिषकुमार जोशीका अनुसार नेपालस्थित चिनिया राजदूतावासको सहयोगमा प्राप्त खाद्यान्न स्थानीयलाई वितरण गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images