images
images
  • ओलीको राजनीतिक प्रतिवेदन  : कांग्रेस मुख्य प्रतिस्पर्धी, माधवको योजना बुझेर बेलैमा छाड्नेलाई धन्यवाद (पूर्णपाठसहित)

    काठमाडौं-  नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेको प्रमुख प्रतिस्पर्धी कांग्रेसलाई स्वीकारेका छन् । शुक्रबारबाट सुरु भएको पार्टीको प्रथम विधान महाधिवेशनमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई मुख्य प्रतिस्पर्धी मानेको हो ।

    ओलीले  एमाले विभाजन गर्न सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखले समेत सहयोग गरेको आरोप लगाएका छन् ।  विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले एमाले विभाजनका प्रयास रोक्न आफूले हदैसम्म लचिलो बनेको समेत बताएका छन् ।

    ५७ पृष्ठको राजनीतिक प्रतिवेदनमा ओलीले राष्ट्रिय, अन्तर्राष्ट्रिय र पार्टीभित्रको आन्तरिक विषयाको विस्तृतमा व्याख्या गरिएको छ । अध्यक्ष ओलीले १० बुँदे सहमतिको पृष्ठभूमी केलाउँदै माधव नेपालको पार्टी विभाजन प्रयासमा साथ नदिने सबैलाई विशेष धन्यवाद र स्वागत गरेका छन् ।

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2021/10/kp-oli-full-speech.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images