काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एक च्यारिटी बक्सिङ खेलको कमेन्ट्री गर्ने भएका छन् । अमेरिकामा भएको ९/११ हमलाको २० बर्षको उपलक्ष्यमा फ्लोरिडामा आयोजना गर्न लागिएको एक च्यारिटी बक्सिङ खेलको कमेन्ट्री ट्रम्प र उनका छोरा ट्रम्प जुनियरले गर्ने भएका हुन् ।
एक प्रेस रिलिज जारी गर्दै शनिबार फ्लोरिडाको हलिवुड शहरस्थित हार्ड र्क होटल एण्ड क्यासिनोमा सो खेल हुने जानकारी दिइएको छ । सो खेलमा ट्रम्पले आफ्नो कुरा राख्ने विज्ञप्ति मार्फत जानकारी दिएका छन् । सो खेलमा पूर्व विश्व च्याम्पियन इन्वेडर होलीफिल्डको मुकावला विटोर बेलफोर्टसँग हुने बताइएको छ ।
ट्रम्पको बक्सिङसँग पुरानो सम्बन्ध समेत रहेको छ । उनले राष्ट्रपति बन्नु अघि कैयौं बक्सिङ प्रतियोगिताको आयोजना गर्ने गर्दथे । धेरै जसो बक्सिङ खेल न्यू जर्सीको एटलान्टिक सिटीमा रहेको आफ्नो क्यासिनोमा आयोजना गर्ने गर्दथे ।
आउदो शनिबार न्युयोर्कस्थित ट्वीनटावरमा हमला भएको २० बर्ष पुग्दै छ ।


विश्व खबर 


















