images
images
  • राष्ट्रियसभाको बैठक १८ गतेका लागि सर्‍यो

    काठमाडौं – आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एकदिन पर सारिएको छ । संसद सचिवालयले १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारेको जनाएको छ ।

    संघीय संसदका महासचिव डा।भरतमणि गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘। ‘अध्‍यक्षज्‍यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११: ०० बजे बस्‍ने गरी निर्धारण गर्नुभएको व्‍यहोरा माननीय सदस्‍यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

    संसदमा नेकपा एमालेले संघीय सभामुख अग्निप्रसाद सापकोटाको भूमिका पुर्वाग्रही भएको भन्‍दै बैठक अवरुद्ध गर्दै आएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images