images
images
  • बानेश्वरमा अर्धनग्न अवस्थामा महिलाको शव फेला

    काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अर्धनग्न अवस्थामा एक महिलाको शव फेला परेको छ ।

    बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए ।

    बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिमबहादुर लामाको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images