images
images
  • माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, कोरोना नियन्त्रणबारे छलफल गरिने

    काठमाडौं । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएका हुन्।

    यसैबीच प्रचण्डले बुधबार पार्टी कार्यालयमै चिकित्सकहरू तथा विज्ञहरूसँग कोरोना रोकथाम तथा नियन्त्रणका लागि गर्न सकिने काम के-के हुन् भन्नेलगायत विषयमा छलफल गरेका थिए।

    प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार चिकित्सकहरूले दिएका सल्लाह, सुझावसहित आज बस्ने स्थायी कमिटी बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणबारे थप छलफल हुनेछ।

    प्रचण्डको स्वकीय सचिव गंगा दाहालका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा बैठकबाट विभिन्न योजना तथा कार्यक्रम निर्णय गरी घोषणा गर्ने कार्यक्रम छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images