images
images
  • चिर्पट प्रहार गरी श्रीमतीको हत्या

    अर्घाखाँची – अर्घाखाँचीमा श्रीमानको चिर्पटबाट आफ्नै श्रीमतीको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका–७ म्यूखोलाका कृष्ण विकले ३५ वर्षीया श्रीमती सीता विकलाई चिर्पट प्रहार गरी हत्या गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन शाहका अनुसार आरोपी कृष्णले आफूले श्रीमतीको चिर्पट प्रहारबाट हत्या गरेको स्वीकारेका छन् । मंगलबार साँझ करिब ८ बजे विकले श्रीमती सीतामाथि चिर्पट प्रहार गरेका थिए ।

    मदिराको नसाको सुरमा श्रीमती सीताको विकले हत्या गरेका प्रहरीले जनाएको छ । आरोपित विकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images