काठमाडौं- नेपालीहरूको महान चाड दशैँ तथा तिहार जस्ता ठुला पर्वहरु नजिकिदै छन् । कोरोना महामारीले गत वर्ष सोचे जसरी दशैं तिहार मनाउन पाएन् । सबैको मनमा डर र त्रास थियो तर यो वर्ष भने धुमधामका साथ मनाउने तयारीमा आम नेपाली बासि रहेका छन् । यति बेला किनमेलदेखि लीएर अन्य जोहोगरि दर्शै मनाउने तयारी भइरहेको छ । आफ्नो गाउँघरदेखि टाढा रहेकाहरु पनि फर्कने तयारीमा छन् । मनमा खुशि र हर्षकासाथ । तर विडम्वना यो छ कि विभिन्न ठाउँमा सडक अवरुद्ध छन् । यस कारण यो वर्ष पनि यात्रा गर्न भने कठिन हुने भएको छ ।सडको मर्मत तथा राम्रो नहुँदा दुर्घटना पनि यहि समयमा बढि हुने गर्दछन्। अत्यधिक वर्षका कारण दर्जनभन्दा बढी सडकको अवस्था अहिले नाजुक रहेको छ । वर्षायाममा लगातार भारी वर्षाका कारण अहिले अधिकांश सडकहरू अवरुद्ध भएका छन् । मुलुका सडकहरूको अवस्था निकै दयनीय अवस्थामा रहको हो ।यस्तो अवस्थामा यात्रा गर्न त्यति सजिलो भने छैन् ।
१२ स्थानमा सडक अवरुद्ध
सडक विभागका अनुसार मुलुका विभिन्न १२ स्थानमा सडक अवरुद्ध भएका छन् भने १२१ स्थानमा अवरोध हटाएर एकतर्फी रूपमा बाटो सञ्चालन गरेकोे विभागका प्रवक्ता शिवप्रसाद नेपालले बताए । विभिन्न ८४ स्थानमा दुवैतर्फ बाटो खुला भएको पनि उनले जानकारी गराए । विभागका अनुसार बाजुराको साँफेबगर–मार्तडी–कोल्टीको बल्दे अम्कोटमा सडक अवरुद्ध भएको छ । त्यसैगरी, मनाङ जिल्लाको डुम्रे–बेँशीसहर–चामे राजमार्गको तिमाङ छहराको राजमार्ग अवरुद्ध भएको छ । त्यस्तै, पाल्पाको पीपलडाँडाको बाटो पनि अवरुद्ध भएको छ । यो बाटो बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्यांजा–पोखरा खण्डअन्तर्गतको हो ।
त्यसैगरी, अमेलिया–तुल्सिपुर–शीतलपाटी–थारमारे–मुसीकोट सडकखण्डअन्तर्गतको शंखमुलको बाटो अवरुद्ध भएको छ ।त्यस्तै काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडकखण्डअन्तर्गतको गौडे पुल अवरुद्ध भएको छ । हालसम्म पनि यो बाटो खुलेको छैन ।त्यसैगरी डुम्रे बेँशीसहर–चामेको तिमाङ खोला,सोही सडक खण्डको धारापानी, बगरछाप, रामबजार, अर्खलेलगायतका सडकखण्ड अवरुद्ध भएका छन् ।त्यसैगरी, डोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशुली–वेत्रावती, मैलुङ–स्वफ्रुबेँसी–रसुवागढीअन्तर्गतको त्रिशुली खोला, सानो भार्खु खोला गाँजाबारी सडकखण्ड अवरुद्ध भएको छ । त्यस्तै, काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारीअन्तर्गतको जुरे सडकखण्ड अवरुद्ध भएको छ । खाड्पे–चैनपुरअन्तर्गतको चेनपुर सडकखण्ड पनि अवरुद्ध हुन पुगेको छ ।
गनतब्यसम्म पुग्न मुस्किल
यसरी विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा घरदेखि बाहिर रहेकाहरुलाई गनतब्यसम्म पुग्न भने मुस्किलहुने देखिएको छ। उपत्यका छाड्ने अधिकांश यात्रु स्थलमार्ग नै प्रयोग गर्छन् । बाढी, पहिरो, वर्षा तथा अन्य विभिन्न कारणबाट दर्जनौँ सडकहरू अवरुद्ध भएपछि दशैँका लागि घर जाने यात्रुहरू प्रभावित हुने भएका छन् ।हरेक वर्षको दशैँमा हजारौँ यात्रुहरू हवाइ मार्ग हुँदै घर जाने गरेको भएपपनि अधिकांश सर्वसाधारण स्थलमार्ग हुँदै घर जाने गरेका छन् ।
त्यसैगरि दशैँ नजिकिँदै गर्दा मुलुका अधिकांश बाटोहरूको अवस्था नाजुक भएपछि यातायात व्यवसायीहरूले सहज यात्राका लागि सरकारसँग अनुरोध गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने बर्खाले गर्दा सडक बिग्रिएको भन्दै चाडबाडमा सबै सडक मर्मत गरेर यात्रुलाई गन्तव्यसम्म पु¥याउने वातावरण बनाउनुपर्ने माग गरेको छ ।
अधिकांश बाटोघाटोको अवस्था नाजुक भएका कारण दशैँमा यात्रा गर्न असहज हुने भन्दै यातायात व्यवसायीले तत्काल बाटोघाटो मर्मत गर्न आग्रह गरेका हुन् ।सरकारले तत्काल बाटोघाटो मर्मत गरेर यात्रा सहज बनाउँन यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको माग छ।यता प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पनि वर्षाले क्षति पु¥याएका सडकहरुलाई दशैंअघि नै मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ ।आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले वर्षाका कारण क्षति भएका सडकहरुको निर्माण तत्काल सम्पन्न गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिकी सभापति कल्याणीकुमारी खड्काले बैठकले कोरोना महामारीलाई मध्यनजर गर्दै सवारीसाधनमा सिट क्षमताअनुसार यात्रु राख्न, लामो दूरीमा चल्ने यात्रुहरुको भाडादर देखिने ठाउँमा टाँस्न, भौतिक रुपमा टिकट काट्ने व्यवस्था हटाई अनलाइन प्रणालीबाट बुकिङको व्यवस्था गर्न र अनलाइनबाट टिकट खरिद गर्दा भाडादरमा केही छुट गर्न लगायतका विषयको प्रभावकारी अनुगमन गर्न यातायात मन्त्रालयलाई निर्देशन दिइएको यता दशैँको यात्रालाई मध्यनजर गर्दै विभागले जतिसक्दो चाँडो विभिन्न स्थानमा भएका सडक अवरुद्ध हटाउने काम गरिरहेको जनाएको छ ।सडक अवरुद्ध हुनेबित्तिकै तत्काल खोल्ने प्रयास गरिरहेको विभागका प्रवक्ता नेपाल बताउँछन् । साथै खाल्डाखुल्डी भएका स्थानमा पुर्ने, सवारी चल्न मिल्ने गरी बाटो सहज रूपमा खोल्ने काम भइरहेको नेपालको भनाइ थियो । दशैँको यात्रालाई लक्षित गर्दै अवरुद्ध भएका सडकहरू खोल्ने र गाडी सञ्चालन गर्ने प्रयास गरिरहेको उनले बताए ।
१० लाख मानिस बाहिरिने आँकलन
यो वर्षको दशैं आउन अब केहिदिन मात्रै रहेको छ । यसका लागि आफ्नो घर भन्दा बाहिर रहेकाहरु घर जाने तरखरमा लागेका छन् ।सोमबारदेखि टिकटको अग्रीम बुकिङ खुलीसकेको छ । यातायात व्यवसायीले सरकारले बाटाघाटो मर्मत नगरे दशैँका लागि अग्रीम टिकटको बुकिङ खोल्ने अवस्था नभएको बताउँदै आएका थिए । तर सरकार, ट्राफिक प्रहरी, जिल्ला प्रशाशन र यातायात व्यवसायीबीच टिकटको अग्रीम बुकिङ खोल्ने निर्णय गरेको हो । टिकटको अग्रीम बुकिङ खुलेसँगै बसपार्कमा टिकट लीनेको भिडभाड बढेको छ ।यो वर्ष काठमाडौंबाट १० लाख मानिस बाहिरिने आँकलन गरिएको छ ।यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले यस वर्षको दसैँमा काठमाडौँ उपत्यकाबाट करिब १० लाख मानिस घर फर्किने अनुमान गरिएको बताए । उनका अनुसार गत वर्ष कोरोना महामारीका कारण उपत्यकाबाट जम्मा पाँच लाख मानिस बाहिरिएका थिए । विभागले अघिल्लो वर्षको तुलनामा बढी मानिसहरूले यस वर्ष उपत्यका छाड्ने अनुमान गरेको हो । महासंघले पनि सोही अनुपातमा मानिसले उपत्यका छाड्ने अनुमान गरेको छ । त्यस्तै दसैँ मनाउन घर जाने यात्रुले गत वर्षभन्दा यो वर्ष २८ प्रतिशत बढी भाडा तिर्नुपर्ने भएको छ ।





















