नरगिस फकरी भारतीय अभिनेत्री हुन्, उनलाई परिचयको कुनै जरुरत छैन । उनी सन् २०११ मा रिलिज भएको फिल्म ‘रकस्टार’ पछि चर्चामा आइन् । त्यसलगत्तै उनले ‘किक’, ‘हाउसफूल–३’ र अन्य सफल फिल्ममा पनि अभिनय गरिन्। बलिउडमा भर्खरै आफ्नो करियर सुरु गरेको बेला उनी र ‘धुम’ फिल्मका अभिनेता उदय चोपडाबीचको प्रेम सम्बन्धबारे हल्ला फैलिएको थियो र नरगिसले पटक(पटक त्यसलाई अस्वीकार गरेकी थिइन् । हालै भने उनले उदयसँगको सम्बन्धबारे खुलेर बोलेकी छन्
।
बलिउडमा हिरो हिरोइनहरुको सम्बन्धबारे चर्चा चल्नु सामान्यत हो । यस्तै सन् २०१४ देखि नरगिस र उदयको सम्बन्धबारे धेरै हल्ला हुन थालेको हो, तर त्यसबेला उनीहरु दुवैले सो हल्ला झुटो रहेको बताएका थिए। नरगिसले एक अन्तार्वातामा उदय आफ्नो राम्रो साथीमात्र भएको बताएकी थिइन् । अहिले भने उनले उदयसँग आफू पाँच वर्षदेखि प्रेममा रहेको कुरा सार्वजनिक गरेकी हुन् ।
‘उदय र म पाँच वर्षदेखि एकअर्कालाई डेट गरिरहेका छौं। उनी मैले भारतमा भेटेको सबैभन्दा राम्रो मानिसमध्ये पर्छन्,’ टाइम्स अफ इन्डियासँग कुरा गर्दै नरगिसले भनिन्, ‘पहिले मैले यो कुरा मिडियाको अगाडि सार्वजनिक नगर्नुको कारण अरुले मलाई हाम्रो सम्बन्ध गुपचुप राख्न बताएका थिए। तर अहिले मलाई पछुतो लाग्छ। मैले सबैलाई आफू उदयसँग प्रेममा रहेको कुरा चिच्चाएर भन्नु पर्ने रहेछ, किनकी उनी निकै राम्रो मान्छे हुन्।’
नरगिसले कहिले उदयसँग प्रेममा रहेको बताउँछिन् भने कहिले उनीहरु दुवै राम्रा साथीहरु मात्र भएको बताउँछिन् । सात वर्ष अगाडि उदय र नरगिलाई उनीहरुको प्रेम सम्बन्धको हल्लाबारे प्रश्न गर्दा उनले भनेकी थिइन्, ‘उदय र म डेट गरिरहेका छैनौं, तर उनी सधैं मेरो जीवनको हिस्सा हुनेछन्। भारतमा मेरो निकै थोरै साथी छन् र तीमध्ये उदय एक भएकोमा मलाई खुसी लाग्छ।’
भारतीय फिल्म उद्योगमा जमिसकेकी नरगिस अहिले भने न्यूयोर्क बसाइँ सरेकी छिन् । धेरैले उनको र उदयबीच ब्रेकअप भएको हुन सक्ने अनुमान लगाएका छन्। कोइमोइले भने नरगिसको स्वास्थ्य बिग्रिएपछि उनी न्यूयोर्क गएको जनाएको छ ।


विश्व खबर 


















