images
images
  • नयाँ बानेश्वरमा सम्पादकसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओली

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न सञ्चार माध्यमका सम्पादकसँग अन्तरक्रिया गरिरहेका छन् । नयाँबानेश्वरको अल्फाबिटामा उनले करिब ५० जना सम्पादकसँग अन्तरक्रिया गरिरहेका हुन् ।

    पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टी विभाजन, संसदको अवरोधलगायतका विषयमा उनले सम्पादकहरूसँग अन्तरक्रिया गरेका हुन् । प्रधानमन्त्री रहँदा बालुवाटारमा दुई पटक सम्पादकसँग अन्तरक्रिया गरेका ओली सत्ताबाट बाहिरिएपछि पहिलो पटक अन्तरक्रिया गरेका हुन् ।

    खिमलला भट्टराई, प्रदीप ज्ञवाली, विष्णु पौडेल र योगेश भट्टराईलाई दायाँबायाँ राखेर ओलीले अन्तरक्रिया गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images