भक्तपुर – भक्तपुरका चार वटै नगरपालिकामा नेपाली कांग्रेसको नगर सभापति चयन गरेकाे छ । आइतबार जिल्लाको विभिन्न स्थानमा भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतका गाउँ/नगर अधिवेशनले नगर सभापतिसहित पदाधिकारी चयन गरेकाे हो ।
कुन पालिकामा को विजयी ?
भक्तपुर नगरपालिका सभापतिमा राजेन्द्र तमखु विजयी भएका छद्द् । उनले प्रत्यासी एवं निवर्तमान सभापति राम कासुलालाई २१ मतले पछाडि पारे । तमखुलाई ८९ मत प्राप्त हुँदा कासुलाले ६८ मत पाए ।
उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएका छन् ।
मध्यपुरथिमि नगरपालिका हरिदास प्रजापति नेतृत्वको समूह विजयी भएको छ । प्रजापतिले प्रत्यासी एवं निवर्तमान सभापति सुरेन्द्र श्रेष्ठलाई १०५ मतले हराए । प्रजापतिले १९० मत पाउँदा श्रेष्ठले ८५ मतमा चित्त बुझाए । उपसभापतिमा अनिल श्रेष्ठ र सीताराम कुटु, सचिवमा राम थापा मगर र रवी घजु तथा सहसचिवमा विजय प्रजापति र जीवन श्रेष्ठ विजयी भएका छन् ।
चाँगुनारायण नगरपालिका शिवहरी केसीको समूह विजयी भएको छ । वर्तमान सभापतिसमेत रहेका केसीले आफ्ना प्रत्यासी गोपाल पौडेललाई १३० मतले हराए । केसी १८८ मतसहित विजयी हुँदा पौडेलले ५८ मतमा चित्त बुझाए । । उपसभापतिमा राजकुमार दाहाल र दिनेशराज गिरी, सचिवमा दिनेश थापा र सिजन कार्की तथा सहसचिवमा गोकर्ण पुरी र चन्द्रशेखर खत्री विजयी भए ।
सूर्यविनायक नगर सभापतिमा निशान ढुंगेल नेतृत्वको समूह चयन भएकाे छ । ढुंगेललले निकटतम प्रत्यासी रवी राणालाई ३८ मतले हराए । उनले १४४ मत प्राप्त गर्दा राणाले ११२ मत पाए।
ढुंगेल कांग्रेस जिल्ला सचिव थिए भने राणा सूर्यविनायक नगर उपसभापति थिए । उपसभापतिमा रमण कायस्थ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुंगाना र सुरेश केसी विजयी भएका छन् ।


विश्व खबर 




















