images
images
  • श्रुति श्रेष्ठको नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन

    काठमाडौं- नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरूको छाता संगठन पिजे क्लब, नेपालको ११औं साधारणसभा सम्पन्न भएको छ ।

    साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गरेको छ । श्रुति श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

    अध्यक्षमा श्रेष्ठसहित उपाध्यक्षमा नेपाल रिपब्लिक मिडियाका दीपेश श्रेष्ठ, महासचिवमा कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सेना र कोषाध्यक्षमा राजधानी दैनिकका द्वारिकाप्रसाद काफ्ले, सचिवमा नयाँ प्रत्रिका अमूल थापा निर्विरोध निर्वाचित भएका छन् ।

    यसैगरी गोरखापत्रका विकास द्घारे प्रवक्ता चयन भएका छन् । सदस्यहरूमा कान्तिपुरका अंगद ढकाल, सेतोपाटी डट कमकी निशा भण्डारी, देशसञ्चार डट कमकी बर्षा शाह, दी हिमालय टाइम्सका स्कन्द गौतम, अन्नपूर्ण पोस्टका दिपेन श्रेष्ठ र स्वतन्त्र फोटोपत्रकार लक्ष्मीप्रसाद ङाखुशी चयन भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images