images
images
  • ‘महाधिवेशन पटकपटक सार्नु संगठन कब्जा गर्ने मनसाय हो’ : प्रकाशमान सिंह

    काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनको मिति पटकपटक सार्नुको कारण संगठन कब्जा गर्ने मनसाय रहेको आरोप लगाएका छन् ।

    शनिबार काठमाडौंमा कांग्रेस १७ नम्बर वडा कार्यसमितिद्वारा आयोजित कार्यक्रममा सिंहले महाधिवेशन सारे स्वीकार्य नहुने चेतावनी दिए । कांग्रेसमा अहिले ‘ए’ कांग्रेसु, ‘बी’ कांग्रेसु र ‘सी’ कांग्रेसु मात्रै देखिएको तर कांग्रेस नदेखिएको भन्दै उनले आगामी महाधिवेशनपछि संस्थागत रूपमा पार्टी अघि बढाइने बताए ।

    ुराजनीति भनेको सेवाको क्षेत्र हो, मेवा खाने क्षेत्र होइनु भन्दै नेता सिंहले अब पुराना नेताहरूलाई सम्मानपूर्वक पार्टीको नेतृत्वबाट बिदाइ गर्नुपर्ने बताए । ुपुराना नेताहरूलाई सम्मानजनक रूपमा नेतृत्वबाट बाहिर पठाएर नयाँ नेताहरूले नेतृत्व लिएर जनतामा आश जगाउनुपर्छ,ु उनले भने । राजनीति जनताको विश्वासमा चल्ने र त्यो कायम राख्नका लागि जनताको विश्वास गुमाइसकेपछि नेतालाई बारम्बार पदमा पुर्‍याउने काम गर्न नहुने उनले बताए । पदमा पुगेर केही काम नगर्ने नेतालाई बिदा गर्नुपर्ने उनको भनाइ थियो ।

    मन्त्रिपरिषद्लाई छिटो पूर्णता दिनुपर्छु

    नेता सिंहले सत्तारुढ गठबन्धन दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने उनको भनाइ थियो । २५ सदस्यीय मन्त्रिपरिषद् बनाउनुपर्ने छ । त्यसले पूर्णता पाएको छैन । घटक पार्टीहरूको कारण, नयाँ पार्टी गठन भएकाले मन्त्रिपरषद्ले पूर्णता पाउन सकेको छैन, सिंहले भने, उहाँहरूका अदालतमा मुद्दा छ । गठबन्धनका दलहरू आन्तरिक व्यवस्थापनमा व्यस्त हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलासुस्ती भएको हो । प्रधानमन्त्रीले सकेसम्म चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्‍यो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images