images
images
  • एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, यस्ता छन् छलफलका एजेण्डा

    काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठक आज शनिबार पनि बस्न लागेको हो ।

    शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो ।

    अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि शुक्रबारबाटै समूहगत छलफल जारी छ ।

    छलफलका लागि केन्द्रीय कमिटीमा १० वटा समुह बनाएर समूहगत छलफल थालिएको छ। ७ प्रदेश इन्चार्जसहितको ७ समूह, विभागीय प्रमुख, फाँट प्रमुख उपप्रमुख, विशेष तथा सम्पर्क मञ्च गरी १० वटा समूह बनाइएको छ।

    उनीहरुले दिएको सुझाव अनुसार तीन वटै प्रतिवेदन परिर्माजनसहित पारित गरिने एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । आज विहान ११ बजेदेखि समूहगत छलफल हुने छ । त्यसपछि दिउँसो तीन बजे केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बस्ने छ । केन्द्रीय समितिले पारित गरेका प्रतिवेदन विधान महाधिवेशनमा पेस गरिने उनको भनाइ छ ।
    एमालेले आगामी असोज १५ देखि १७ गतेसम्म पहिलो विधान महाधिवेशन गर्दै छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images