images
images
  • आजको मौसमः कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

    काठमाडौं । आज मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मौसम देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

    यस्तै राति मौसम देशभर आंशिक देखि सामान्यसम्म बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images