पछिल्लो दिनमा कोरोना संक्रमण दर उच्च भएसँगै जिल्लामा अक्सिजन ग्यासकोे समस्या नहोस् भन्ने उद्देश्यले काठमाडौँमा बसोबास गर्दै आउनुभएका ॐ रिजाल र मीना थापाले चन्दा अभियान चलाउनुभएको छ । जिल्लामा उपलब्ध सिलिन्डरले अक्सिजनको आवश्यकता पूरा गर्न नसक्ने अवस्था ख्याल गरेर चलाइएको अभियानबाट रु सात लाख ५३ हजार ६१७ संकलन भएको छ । उठेको पैसाले अक्सिजन ग्यास, कन्सन्ट्रेटर, मेशिनलगायत स्वास्थ्य सामग्री व्यवस्थापन गर्न उद्योगी व्यवसायी, कर्मचारी, विभिन्न क्षेत्रमा काम गर्ने व्यक्ति, राजनिीतक दल, नागरिक समाज, प्रशासन निकायलगायतलाई अनुरोध गरिएको अभियानकर्मी रिजालले बताउनुभयो । उहाँले एउटा मेशिन खरिद गरिसकिएको र अरु खोजीमा रहेको बताउनुभयो । यसअघि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले १५ थान खाली सिलिन्डर उपलब्ध गराउनुभएको थियो । यस्तै नेपाल पत्रकार महासंघले पनि अक्सिजन अभाव हुन नदिनका लागि कम्तीमा रु एक सय अभियान चलाएको छ । संक्रमणको दोस्रो लहर शुरु भएयता हालसम्म दैलेखमा २० जनाको मृत्यु भइसकेको छ । —
प्रकाशित मिति २०७८ जेठ ५ गते बुधबार १०:०४