images
images
  • ११ वर्ष कांग्रेसको पार्टी सभापति चलाएका गुरुङ एमालेमा प्रवेश

    स्याङ्जा – लगातार ११ वर्ष नेपाली कांग्रेस पार्टी सभापति चलाएका वालिङ नगरपालिका-१२ का कुल बहादुर गुरुङले नेकपा (एमाले) प्रवेश गरेका छन् । मंगलबार नेकपा (एमाले) वालिङ नगर कमिटी वालिङद्वारा आयोजित बृहत कार्यकर्ता भेलामा गुरुङलाई एमालेका वरिष्ठ नेता टोपबहादुर रायमाझीले पार्टी प्रवेश गराएका हुन् ।

    गुरुङ २०६७ देखि २०७८ सम्म वालिङ(१२ का वडा सभापति थिए । साविक सिर्सेकोट गाविस कार्यसमितिका सभापति हुदै वडा नम्बर १२ का वडा सभापति भएका हुन् । २०२६ सालमा एसएलसी प्रथम श्रेणीमा उतीर्ण गरेका गुरुङ २०२६ सालदेखि नै नेपाली कांग्रेस पार्टीमा आवद्ध थिए । उनले भारतबाट नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएका थिए ।

    गुरुङ नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ का लागि क्षेत्रिय प्रतिनिधि समेत हुन्, । गुरुङले वालिङ १२ कोखेलाई कांग्रेसमुक्त बनाउन आफू एमाले प्रवेश गरेका बताए । उनले भने, ‘गाउँको विकास गर्न वैचारिक एकताको खाँचो छ । त्यसैले एमाले प्रवेश गरेको हुँ ।

    स्याङ्जामा माओवादी केन्द्र पार्टीसँग एकतापछि जिल्लामा करिब ७० प्रतिशत माओवादी आस्था राख्ने नेता कार्यकर्ता एमालेमा समाहित भएको नेकपा((एमाले) जिल्ला कमिटीका अध्यक्ष पारस शर्माले बताए । वालिङको हकमा तत्कालिन माओवादी केन्द्रका वालिङका मेयर उम्मेदवार हुम बहादुर गुरुङ सहित वडा नम्बर २, ३, ४, ५, ६, ७, ९, १० र ११ माओवादीका वडा नेतृत्व नै एमालेमा समाहित भएका छन् ।

    Waling Uml 2

    Waling uml 3

    प्रतिक्रिया दिनुहोस्
    images
    images