images
images
  • ओली नेतृत्वको सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    काठमाडौं-  केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको सबै मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले राजनीतिक रूपमा नियुक्त गरेका सबै मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    ‘मन्त्रिपरिषद्ले राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ,’मन्त्री कार्कीले भने ।

    सरकारको निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालगायत अन्य देशमा नियुक्त भएका राजदूतहरु फिर्ता हुनेछन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images