images
images
  • चार वर्षदेखि फरार एक महिला पक्राउ, गरियो जरिवाना सजाय

    सिन्धुली-  जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गाली बेइज्जती मुद्दामा जिल्ला अदालतको फैसलाअनुसार २५० रुपैयाँ नबुझाइ चारवर्ष अघिदेखि फरार रहेकी एक महिलालाई मंगलबार पक्राउ गरी जरिवाना सजाय भराएको छ ।

    गोलन्जोर गाउँपालिका-५ हिर्दिङकी ४७ वर्षीय कृष्णकुमारी बस्नेतलाई गाली बेइज्जती मुद्दामा सिन्धुली अदालतबाट २०७४ सालको कात्तिक ३० गते २५० रुपैंयाँ जरिवाना सजाएको फैसला भएको थियो । बस्नेतलाइ घरबाटै पक्राउ गरी अदालत समक्ष पेस गरेर फैसलाअनुसारको जरिवाना भराएको डीएसपी लामाले जानकारी दिए ।

    गाली बेइज्जतीकै अर्को मुद्दा फैसलाअनुसार दुई हजार नबुझाइ १२ वर्षदेखि फरार रहेकी कमलामाई नगरपालिका-४ आहालेकी ६१ वर्षीय चमेली तोलङ्गेलाई मंगलबारै पक्राउ गरी जरिवाना सजाय भएको रकम भराइएको छ । ०६६ पुष ३० गते तोलङ्गेलाई जिल्ला अदालतबाट दुई हजार रुपैयाँ जरिवाना सजाय फैसला भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images