images
images
  • देशभर बदली : यी प्रदेशमा छ भारी वर्षाको सम्भावना, सतर्क हुन आग्रह

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य वदली रहेको छ ।

    वाग्मती र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ । लुम्बिनी प्रदेशका केही स्थान, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

    विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।

    “काठमाडौंमा आज दिनभर बदली हुने छ । सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” मौसमविद् अर्याल भन्छन् । उनका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ ।

    वर्षाको सम्भावना भएका स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images