images
images
  • आर्थिक विधेयकमाथिको दफावार छलफल असोज ७ मा हुने गरी संसद् बैठक स्थगित

    काठमाडौं- प्रतिनिधिसभाको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको छ ।

    एमाले सांसदहरूको नाराबाजीबीच सोमबारको बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख अग्निप्रसाद सापकोटाले अर्काे बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक पारित गरेको छ ।

    आर्थिक विधेयक २०७८ माथिको दफावार छलफल आउँदो बिहीबार छलफल हुने भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै यसको दफावार छलफल ७ असोजमा हुने सभामुख  सापकोटाले जानकारी दिए ।

    एमाले सांसदको नाराबाजी भइरहँदा विनियोजक विधेयक पारित गरेको बैठकले आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई पनि स्वीकृत गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images