images
images
  • विपक्षीको नाराबाजीबीच विनियोजन विधेयक पारित, सरकारलाई बजेट खर्च गर्ने बाटो खुला

    काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०७८ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको हो । प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो ।

    विधेयकको मन्त्रालयत शीर्षकमाथिको छलफल सकाएर अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएपछि सभामुखले खर्च कटौती सम्बन्धी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको प्रस्ताव निर्णयार्थ पेश गरे । सांसद सुवालको खर्च कटौतीको प्रस्ताव अस्वीकार भएपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेश गरे ।

    एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए । विधेयक बहुमतले पारित भएको हो ।उनले बहुमतका आधारमा विनियोजन विधेयक पास गरेको घोषणा गरे ।संसदले विनियोजन विधेयक पास गरेसँगै अब सरकारलाई बजेट खर्च गर्ने बाटो खुला भएको छ ।

    UML in Parliament Copy

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images