• पूर्वप्रहरी महानिरीक्षक खड्गजीत बरालको निधन


    काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजीत बरालको आज ९३ वर्षका उमेरमा आफ्नै निवास महाराजगञ्जमा निधन भएको छ ।

    बि.सं. २०२९ साउनदेखि २०३५ जेठसम्म उहाँ नेपालका नवौँ प्रहरी महानिरीक्षक भएका उनी राजदूत थिए ।

    बरालले प्रहरी सङ्गठनको प्रणाली विकास गर्ने सिलसिलामा महत्वपूर्ण योगदान गरेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बबताए । प्रहरीको राशन व्यवस्थापन, ब्यारेक, अस्पताल र प्रहरी स्कूल बनाउनमा उहाँको महत्वपूर्ण योगदान रहेको प्रहरी अधिकारीहरु स्मरण गर्छन् ।

    नेपाल प्रहरीको श्रीवृद्धि र उन्नतिमा अतुलनीय योगदान पु¥याएका उनी सङ्गठनको युगपुरुषका रुपमा स्थापित भएको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ । पूर्वसांसद बरालको आजै आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्