काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबार रु ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैङ्ककाअनुसार बोलकबोल प्रक्रियाबाट उक्त बिल बिक्री गर्न लागिएको हो ।
केन्द्रीय बैङ्कले बिक्री गर्न लागेको ट्रेजरी बिल नवीकरण प्रयोजनका लागि हो । बैङ्कको रु. पाँच अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि रहेको छ । उक्त बिल आगामी पुस ६ गते परिपक्व हुनेछ ।
यस्तै रु चार अर्ब ३० करोड बराबरको ट्रेजरी बिल १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी चेत ८ गते परिपक्व हुनेछ । केन्द्रीय बैङ्कले रु. दुई अर्ब बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागेको छ । सो बिल वि.स.२०७९ असोज ४ गते परिपक्व हुनेछ । केन्द्रीय बैङ्कले यसअघि भदौ २८ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















