काठमाडौ – सातौं संविधान दिवस टुँडिखेलमा भव्यताका साथ मनाइएको छ । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर टुँडिखेलमा मनाइएको छ ।
टुँडिखेलमा भएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नीप्रसाद सापकोटा, प्रधान्यायधिश चोलेन्द्र शमशेर जबरा लगायत संवैधानिक अंगका पदाधिकारी उपस्थित थिए ।
नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थियो । संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको हो ।












प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















