पर्यटनमन्त्रीको मिलेमतोमा चार्टर्ड फ्लाइटमा ब्रम्हलुट: ३० हजार लाग्ने भाडा ६ गुणा बढि असुली

पर्यटनमन्त्रीको मिलेमतोमा चार्टर्ड फ्लाइटमा ब्रम्हलुट: ३० हजार लाग्ने भाडा ६ गुणा बढि असुली

विश्व खबर

@BishwoKhabar

२०७८ जेठ ५ गते बुधबार ०७:५३

काठमाडौं ।कोरोनाको पहिलो लहर( लगडाउन) विगतको जस्तै रवैया देखिएको छ ।विश्वव्यापीरुपमा फैलिएको दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि सरकारले देशमा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको छ । जसकारण वैदेशिक रोजगारबाट...

काठमाडौं ।कोरोनाको पहिलो लहर( लगडाउन) विगतको जस्तै रवैया देखिएको छ ।विश्वव्यापीरुपमा फैलिएको दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि सरकारले देशमा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको छ ।

जसकारण वैदेशिक रोजगारबाट बिदामा नेपाल आएका नेपालीहरु उडान बन्द भएक कारण विदेश फर्कन पाएका छनन् । तथापि, रोजगारीमा विदेश फर्कन नपाएका नेपाली नगरिकहरुले भने सम्बन्धित निकायमा अनुरोध गर्दै आएका छन् । तर, मर्का परेको अवस्थालाई फाइदा लुट्दै नागरिक उड्डयन मन्त्रालयले भने चार्टड फ्लाइट भन्दै चारगुणाभन्दा बढी भाडा असुली रहेको छ ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार हवाई माफिया, ट्राभल एजेन्सी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केही अधिकारीले रोजगारीमा फर्किन चाहने नेपालीलाई ४ गुणासम्म भाडा लिएर विमान चार्टड गरेका छन् । मंगलबार साउदी अरबको दमामका लागि हिमालयन एयरलाइन्सका २ वटा चार्टड विमान उडिसकेका छन् । आज राति ९ः५० मा अर्को फ्लाइट दमाम उड्दैछ ।

हिमालयन एयरलाइन्सका संचालक यति एयरका सोनामछिरिङ शेर्पा हुन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई चार्टर्ड अनुमति नदिई हिमालयन एयरलाइन्सलाई दिने कार्य पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले गरेको स्रोतले बताएको छ । बोन र सम्राटका संचालकद्वय पौडेल र पाण्डेले सचिव कोइरालासँग सेटिङ मिलाएर साउदी अरबको दमामका लागि चार्टड अनुमति लिएका हुन् ।

सचिव यादव कोइरालालाई प्रभावमा पारी बोन र सम्राटले चार्टड उडानबाट ब्रम्हलुट गर्न छुट पाएका छन् । १८ मे मा साउदीको दमामका लागि एउटा उडान गरिएको छ । जुन उडानमा साउदी जान आएका भारतीय नागरिकका लागि चार्टड गरिएको दाबी गरिएको छ । तर आजको उडानमा भारतीयको नाममा नेपालीलाई पनि लगिएको छ । र, नेपालीसँग न्यूनतम १ लाखदेखि १ लाख २ हजार रुपैयाँसम्म असुली गर्ने काम ट्राभल्सका संचालक पौडेल र पाण्डेले गरेका छन् ।

महामारीमा चार्टर्ड फ्लाइट गरी कमाउधन्दा संचालन गर्ने कार्यमा पर्यटन मन्त्री भानुभक्त ढकालसमेत मिलेको आरोप छ । मंगलबारबाट सुरु भएको चार्टर्ड फ्लाइटको शृंखला निरन्तर नै रहने पर्यटन मन्त्रालय स्रोतले बतायो । स्रोतका अनुसार प्रतिब्यक्ति ५० हजारका दरले कमिसन दिनेगरी चार्टर्ड फ्लाइट गरी महामारीमा कमाउन छुट पर्यटन मन्त्री ढकाल र सचिव कोइरालाले दिएका छन् ।

गत वर्ष ‘लकडाउन’ मा करिब ६० वटा विमान चार्टर गरिएको थियो । त्यतिबेला नेपाल वायुसेवा निगमका विमान चार्टर गरिएको थियो भने यो बर्ष हिमालयन एयरलाइन्सलाई जिम्मा दिइएको छ ।गतबर्ष निगमको चार्टर फ्लाइटमा पनि अनियमितता भएको थियो । जसमा सोसाइटी ट्राभल्स, सुमेघ ट्राभल्स लगायतका ट्राभल्स मुछिएका थिए ।

यसअघि भारतीय दुताबासले भाडा घटाउन चिठी पनि लेखिसकेको छ । यसबीचमा पर्यटनमन्त्री र सचिवको मिलेमतोमा हिमालयलाई चार्टर्ड अनुमति दिइएको थियो । तर, नेपाल एयरलाइन्सलाई भने चार्टर्ड अनुमति दिइएको थिएन ।

मन्त्रालय लगायत सम्बन्धित निकायको यसखाले पक्षपाती व्यवहारका कारण विशेषगरी वैदेशिक रोजगारी गर्दै आएका श्रमजीविहरु थप मर्कामा परेका छन् ।

प्रकाशित मिति २०७८ जेठ ५ गते बुधबार ०७:५३
प्रतिक्रिया दिनुहोस
  • ADBL

  • ncell

  • ninm

  • nic asia