images
images
  • आर्थिक अभावमा रोकियो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम , धुर्मुसले भने-‘मलाई व्यक्तिगत १६ करोड ऋण लाग्यो’

    काठमाडौँ । धुर्मुस – सुन्तली फाउण्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम रोकेको छ । ३५ प्रतिशत काम सकिएपछि रकम अभाव देखाउँदै फाउण्डेसनले चितवनमा रंगशाला बनाउने काम रोकेको हो । यो रंगशाला भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन छ ।

    योसँगै अब रकम अभावका कारण धुर्मुस सुन्तली फाउण्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामलाई बीचमा नै रोक्ने भएको छ । भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन यो रंगशाला रकम अभावका कारण रोकिने सीताराम कट्टेल (धुर्मुस) ले बताएका छन् ।

    उनका अनुसार अहिलेसम्म जम्मा ३५ प्रतिशत काम सकिँदा ५४ करोड रुपैयाँ खर्च भएको छ । त्यस्तै ऋण १६ करोड नाघेको छ । उनले पटकपटक रकम अभावका कारण आफू समस्यामा रहेको बताउँदै आएका थिए ।

    उनले निर्माण सम्पन्न गर्न आर्थिक सहयोगका लागि सरकारसँग आग्रह गरेको तर सरकारले वास्ता नगरेको बताएका छन् ।

    कट्टेलका अनुसार हालसम्म ३ हजार दर्शकहरुले खेल हेर्न मिल्ने गरी रंगशाला तयार भएको छ । आर्थिक अभावका कारण रंगशाला निर्माण कार्य अघि बढ्न नसक्ने उनको भनाइ रहेको छ ।

    देश तथा विदेशबाट आएको सहयोग रकमले रंगशाला निमार्ण भइरहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images