images
images
  • विद्यालय खोल्ने/ नखोल्नेबारे अझै अन्योल, कहिले खोल्दा राम्रो ?

    काठमाडौं । काठमाण्डौ उपत्यकामा विद्यालय खोल्ने वा नखोल्नेबारे अन्योल भएको छ । कोरोनाको जोखिम कायम नै भएकाले र सरकारले पनि हतारमा विद्यालय खोल्न नहुने जनाएपछि काठमाण्डौ उपत्यकामा विद्यालय खोल्ने वा नखोल्ने भन्नेमा अन्योल बढेको प्याब्सन काठमाण्डौका सचिव रविन बस्नेतले बताए ।

    प्याब्सनले पनि यही गर्ने भनेर ठोस निर्णय लिन सकेको छैन । उनका अनुसार जोखिमको आकलन गरेर मात्रै विद्यालय खोल्ने तयारी छ । विद्यालय, अभिभावक र सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरेर आवश्यक निर्णय लिनुपर्ने उनी बताउँछन् ।

    काठमाण्डौ महानगरपालिकामा अबको केही दिन कोरोनाको जोखिमको अध्ययन गर्ने र ४ गते बैठक बसेर आवश्यक निर्णय लिने तयारी भएको महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

    महानगरपालिकाको विद्यालय सञ्चालन गर्ने विषयमा मापदण्ड तयार गर्न र निर्णय गर्न सात सदस्यीय समिति गठन गरिएको छ । ललितपुर महानगरपालिकाले पर्सिदेखि विद्यालय खोल्ने तयारी गरेको छ । तर, त्यहाँका धेरैजसो ठूला विद्यालयका सञ्चालकहरू भने विद्यालय खोल्ने पक्षमा छैनन् ।

    काठमाण्डौ उपत्यकामा अहिले आंशिक रुपमा विद्यालय खुलेका छन् । यसैबीच, भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले हतारिएर विद्यालय सञ्चालन नगर्न प्याब्सनलाई आग्रह गरेका छन् । उनले अरु जिल्लामा विद्यालय खुले भन्दै हतारिएर विद्यालय खोले पछुताउनु पर्ने बताएका छन् ।

    अठार वर्षमाथि उमेरकाले कोभिडविरुद्धको खोप लगाए पनि १८ वर्षमुनिका बालबालिकामा तेस्रो लहरको कोभिडको जोखिम कायमै रहेको भन्दै उनले मध्यपुरथिमि नगरपालिकाले उपत्यकाका १८ वटा नगरपालिकाभन्दा पछि अन्तिममा मात्रै विद्यालय खोल्ने अनुमति दिने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images