काठमाडौं-नेपाली सेनामा विभिन्न प्राविधिक पदका लागि भर्ना खुलेको छ । प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो ।
भर्ना छनोटका लागि आज (बिहीबारदेखि) असोज ३१ गतेसम्म दरखास्त दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेल थप ७ दिन अर्थात असोज ७ गतेसम्म दरखास्त फाराम भर्न सकिने जंगी अड्डाले जनाएको छ ।
नेपाली सेनामा विभिन्न पदका लागि जागिर खुलेको छ। भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले गोरखापत्रमा सूचना प्रकाशित गरेर चार सय ६२ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भनिएको छ । योग्यता पुगेकाले दरखास्त दिन सक्ने छन् ।
सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेर सोही कारणबाट शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीलाई समेत खुलातर्फ बेग्लै आरक्षण सिट राखिएको छ ।
समावेशीतर्फ महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि आरक्षण सिटसहित आवेदन माग गरिएको छ।
सैनिक उपचारीका, अम मेडिकल, भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, पूजारी हुद्दालगायत विभिन्न पदमा सेनाले जागिर खोलेको हो । जसमा २२ जना त पूजारी नै माग गरिएको छ ।
भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने भनिएको छ भने नारायणहिटीस्थित नेपाल क्याभल्टी उत्तरतर्फको खेल मैदानमा दरखास्त फारम वितरण गरिने जानकारी गोरखापत्रमा प्रकाशित सूचनामार्फत दिइएको छ ।
दरखास्त फाराम नेपाली सेनाबाट निःशुल्क उपलब्ध हुनेछ । फाराम नारायणहिटीस्थित नेपाल क्याभल्री उत्तरतर्फको खेल मैदानबाट वितरण गरिनेछ भने फाराम पेश पनि त्यहीँबाट गर्नुपर्नेछ । छनोट प्रक्रिया भर्ना छनोट निर्देशनालय, जंगी अड्डामै हुनेछ ।



विश्व खबर 


















