images
images
  • रेडियो अन्नपूर्णका निर्देशक लामाको मृत्यु : रेडियो प्रसारण बन्द


    पोखरा । पोखरास्थित रेडियो अन्नपूर्णका निर्देशक शुसीलकुमार लामाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

    उनको निधन भएपछि रेडियोको प्रसारण १० घण्टाका लागि बन्द गरिएको छ। लामाको निधनमा शोक व्यक्त गर्न रेडियोको प्रसारण बन्द गरिएको स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले जानकारी दिए।

    ५६ वर्षीय लामाको मंगलबार साँझ उपचारका क्रममा निधन भएको थियो। कोरोना संक्रमण देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरिएका लामाको अवस्था जटिल बन्दै गएपछि काठमाडौंको ग्राण्डी अस्पताल रिफर गरिएको थियो।

    उनको उपचारकै क्रममा निधन भएको परिवार स्रोतले जनाएको छ।

    रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले लामाको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन्। लामाले रुसबाट ईञ्जिनियरिङ् गरेका थिए। उनी पश्चिमाञ्चल ईञ्जिनियरिङ् क्याम्पसमा अध्यापन पनि थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images