images
images
  • एसमीसी खारेजको माग गर्दै सडकमा आए विप्लव समूह

    काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार काठमाडौंमा एमसीसीविरुद्ध र्‍याली निकालेको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालको हितका नरहेको भन्दै खारेजीको माग राखेर नेकपाले सोमबार काठमाडौंमा विरोध र्‍याली निकालेको हो ।

    सोमबार माइतीघरमा भएको र्‍यालीमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् ।

    सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो । उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

     

    biplab 2

    biplab 1

    Biplap protest against mcc 3

    Biplap protest against mcc 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images