images
images
  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, चल्न नदिने एमालेको रणनीति

    काठमाडौँ, भदौ २७ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।  बैठक दिउँसो १ बजे बस्नेछ ।  सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछिको यो पहिलो संसद् बैठक हो ।

    तर, आजको बैठक पनि सहज ढंगले अघि बढ्न नदिने एमालेले तयारी गरेको छ । आफूहरुको विरोधका बीच शुक्रबार सरकारले प्रतिस्थापन विधेयक ल्याएर एकतर्फी संसद चलाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले रुष्ट छ । सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै एमाले आन्दोलित छ ।सरकारले शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच प्रतिस्थापन विधेयक ल्याएको थियो ।

    आजको बैठकमा पनि एमालेले आफ्ना सांसदलाई मर्यादित भएर विरोध गर्न निर्देशन दिइसकेको छ । बैठक अगाडि एमालेले आज संसदीय दलको बैठक बोलाएको छ ।सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेले विरोध गर्दै आएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन सहयोगी बनेको आरोप उक्त पार्टीका नेताहरुले आरोप लगाउँदै आएका छन् । पार्टीबाट कारबाही गरिएका १४ सांसद्को कारबाहीलाई १३ दिनसम्म रोकेका सभामुख सापकोटाले दल विभाजन भइसकेपछि मात्रै निर्णय गरिरहनु नपर्ने भन्दै सूचना सुनाएपछि एमाले रिसाएको हो ।

    सभामुखले गल्ती स्वीकार नगरेसम्म बैठक चल्न नदिन एमाले सांसद् नारदमुनि रानाले बताए । अदालतमा बिचाराधीन मुद्दालाई एमालेले संसदमा चर्काएको भन्दै आलोचना पनि भइरहेको छ । तर यसको जिम्मेवारी पनि सभामुख सापकोटा नै भएको रानाले बताए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images